PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ए डिभिजन लिगमा  न्युरोडमाथि मनाङको रोमाञ्चक जित, चौथो चरण सकिँदा मनाङ तेस्रो स्थानमा

ए डिभिजन लिगमा न्युरोडमाथि मनाङको रोमाञ्चक जित, चौथो चरण सकिँदा मनाङ तेस्रो स्थानमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम एनआरटीलाई मनाङ मर्स्याङदी क्लबले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले न्युरोडमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ३९ औँ मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको मनाङको अग्रता दोब्बर बनाए साइदजमोल डबलाटजोनोभले। उनले ६९ औँ मिनेटमा गोल गर्दा तेस्रो गोल कोफी कोउडोले ८७ औं मिनेटमा गरे। यता न्युरोडका लागि इन्ज्युरी समयमा अशोक थापाले गोल फर्काए।

जितसँगै ४ खेलबाट २ जित र २ बराबरी खेलेको मनाङ मर्स्याङदी क्लब अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा ९ अंक जोडेको सातदोबाटो युथ क्लब र शीर्ष स्थानमा १० अंक जोडेको चर्च ब्वाइज क्लब रहेको छ। अंक तालिकामा १ अंक मात्र जोडेको न्युरोड भने तालिकाको १३ औँ स्थानमा छ। 



ट्रेन्डिङ पोस्ट

Ncell