PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

यूएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाललाई फिल्डिङको निम्तो



पहिलोपोस्ट

यूएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाललाई फिल्डिङको निम्तो
फाइल फोटो।

काठमाडौं : क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा बिहीवार नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल साढे ९ बजेबाट सुरु हुने तय भएको छ।

यसैबिच, यूएईले टस जितर पहिले ब्याटिङ गर्ने भएको छ। यूएई मुहाम्मद वासीम र नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिदैछन्।

पछिल्लो समय आश्चर्यजनक हिसाबले लयमा फर्किएको नेपालका लागि विश्वकप छनोटमा पुग्न यो खेल फाइनल सरह हुनेछ। यूएईलाई हराउन सके सुपरलिगका शीर्ष आठमा पर्न नसकेका टेस्ट राष्ट्रहरुसँग खेल्ने अवसर नेपालले पाउने छ।

नेपाल र यूएईबिचका पछिल्ला पाँच खेल हेर्दा नेपाल नै हाबी देखिन्छ। पाँच खेलमध्ये चारवटा खेल नेपालले जितेको छ भने एक खेल यूएईले जितेको छ।

पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपाल लयमा छ। त्यस्तै, यूएईले पछिल्ला पाँच खेलमा एक खेलमात्र जितेको छ। यूएईको सबल पक्ष भनेको ओपनिङ ब्याटिङमा छ। शीर्षक्रमको साझेदारी पछि भने मध्यक्रममा फितलो प्रदर्शन गरिरहेको छ।

अंकतालिका

लिग २ को अंकतालिकामा ३५ खेलबाट ३८ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ। नेपाल भन्दा अघि चौथो स्थानमा रहेको नामिबियाले ३९ अंक जोडेको छ।

लिग २ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने हुँदा च्याम्पियन स्टकल्याण्ड र दोस्रो स्थानमा ओमनले स्थान पक्का गर्दै विश्वकप छनोटमा खेल्ने पक्का गरिसकेका छन्। तेस्रो स्थानका लागि दाबेदारी नेपाल र नामिबियाको छ।

आजको खेल यूएईले जिते नामिबिया विश्वकप छनोटमा जानेछ भने नेपालले जिते नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्नेछ। नेपालले आजको खेलमा पराजय ब्यहोरेको खण्डमा विश्वकप छनोट खेल्न प्लेअफको घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell