PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

क्रिकेट हेर्न कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड, मैदान पुगेर खेलाडीलाई दिए जितको शुभकामना

क्रिकेट हेर्न कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड, मैदान पुगेर खेलाडीलाई दिए जितको शुभकामना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल र यूएईबिचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान पुगेका छन्। नेपाली खेलाडीलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड टीयू क्रिकेट मैदान पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपाल र यूएईबिचको खेल भर्खरै सुरु भएको छ। यूएईले टस जितर पहिले ब्याटिङ सुरु गरेको छ। यूएई मुहाम्मद वासीम र नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएका छन्।

पछिल्लो समय आश्चर्यजनक हिसाबले लयमा फर्किएको नेपालका लागि विश्वकप छनोटमा पुग्न यो खेल फाइनल सरह हुनेछ। यूएईलाई हराउन सके सुपरलिगका शीर्ष आठमा पर्न नसकेका टेस्ट राष्ट्रहरुसँग खेल्ने अवसर नेपालले पाउने छ।

नेपाल र यूएईबिचका पछिल्ला पाँच खेल हेर्दा नेपाल नै हाबी देखिन्छ। पाँच खेलमध्ये चारवटा खेल नेपालले जितेको छ भने एक खेल यूएईले जितेको छ।

पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपाल लयमा छ। त्यस्तै, यूएईले पछिल्ला पाँच खेलमा एक खेलमात्र जितेको छ। यूएईको सबल पक्ष भनेको ओपनिङ ब्याटिङमा छ। शीर्षक्रमको साझेदारी पछि भने मध्यक्रममा फितलो प्रदर्शन गरिरहेको छ।

तस्विर : CAN



ट्रेन्डिङ पोस्ट

Ncell