बुटवल : लुम्बिनी प्रदेशसभाको सातौं बैठक चैत ७ गते बस्ने भएको छ।
सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक मंगलबार दिउँसो १ बस्नेछ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।
यसअघि प्रदेशसभाको बैठक गत फागुन १७ गते बसेको थियो ।