PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

रामेछापको उमाकुण्डमा दुई दिने बालकला र साहित्य महोत्सव



पहिलोपोस्ट

रामेछापको उमाकुण्डमा दुई दिने बालकला र साहित्य महोत्सव

प्रिति : रामेछापको उमाकुण्ड गाउँपालिकास्थित बम्तीभण्डार र प्रितिमा दुई दिने बाल कला तथा साहित्य महोत्सव सम्पन्न भएको छ। पहिलो दिन बाम्तीस्थित सिद्धेश्वर माविमा भएको महोत्सवमा विभिन्न किताबहरु विमोचन भएको थियो। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा आयोजित महोत्सवमा बालबालिकाका साहित्यका विषयमा छलफल चलेको थियो। त्यसैगरी बालबालिका कविता, कथा, चित्र, निबन्धका कक्षहरुमा सहभागी भएका थिए।

उमाकुण्ड गाउँपालिका, सिद्धेश्वर मावि, ज्ञान भन्डार पुस्ताकालय, चाइल्ड एड नेटवर्क र बालवाङ्मयत तथा अनुसन्धान केन्द्रको सहकार्यमा महोत्सव आयोजना भएको हो। महोत्सवमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, प्राडा रमेश भट्टराईलगायतको उपस्थिति थियो। त्यसैगरी कार्यक्रममा साहित्यकारहरु भवानी पाण्डे, प्रमोद प्रधान, विजयराज आचार्य, अनन्त वाग्ले, शान्ति सापकोटा, अनिल श्रेष्ठ, केशरी आम्गाईलगायतको सहभागिता थियो। महोत्सवमा भाग लिन भारतबाट अजित पात्र, मनिक पण्डित र बंगलादेशबाट सुजन बरुवा, मिजानुर रहमान कलोल र वनाइजा रहमान आइपुगेका थिए।

दोस्रो दिन उमाकुण्डकै प्रितिस्थित चण्डेश्वरी माविमा महोत्सव भयो। प्रतिष्ठानका पूर्वकुलपति कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न महोत्सवमा विद्यार्थीहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए। त्यसैगरी आयोजकले प्रतिस्पर्धामा सहभागी विद्यार्थीलाई पुरस्कृतसमेत गरेको थियो। कार्यक्रममा शिक्षिका अनुदेवी सुनुवारद्वारा लिखित कथासंग्रह 'म लोकको कथा'समेत विमोचन गरियो। उमाकुण्डामा यो चौथो पटक बाल कला महोत्सव आयोजना गरिएको आयोजकल जनाएको छ। बालबालिकाको लेखन सिर्जना विकासका लागि यस्तो कार्यक्रम आयोजना गर्दै आएको चण्डेश्वरी माविका प्रधानाध्यपक शेषकुमार श्रेष्ठले जनाए। महोत्सवबाट विद्यार्थीहरुमा सिर्जना क्षमता विस्तार हुँदै आएको आदिवासीका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टियानो गुटिएरेजका दक्षिण एसियाली एडभाइजरी बोर्ड अफ ट्रस्टीका सदस्य देवकुमार सुनुवारले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell