PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

कीर्तिपुरमा क्रिकेट : युएईले कटायो २०० रन



पहिलोपोस्ट

 कीर्तिपुरमा क्रिकेट : युएईले कटायो २०० रन

काठमाडौं : क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा अहिले नेपाल र युएई भिडिरहेको छ। पहिलो ब्याटिङ गरेको युएईले ४२ ओभरमा २०० रन कटाएको छ।

कीर्तिपुरमा जारी खेलमा युएईले ४२.२ ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको हो। युएईका लागि भ्रितया अरविन्दले सर्वाधिक रन बनाइरहेका छन्। हालसम्म उनले ७२ रन बनाएका छन्। अहिले अरविन्द र असिफ खान मैदानमा छन्।

नेपालका लागि दिपेन्द्र सिंह एरीले दुई विकेट लिँदा सन्दीप लामिछाने र ललित राजवंशीले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell