PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य, कीर्तिपुरमा आसिफले बनाए कीर्तिमानी शतक



पहिलोपोस्ट

युएईले नेपाललाई दियो ३११ रनको लक्ष्य, कीर्तिपुरमा आसिफले बनाए कीर्तिमानी शतक

काठमाडौं : क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा अहिले नेपाल र युएई भिडिरहेको छ। पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ३१० रन बनाएको छ।

कीर्तिपुरमा नेपालले फितलो बलिङ गर्दा युएईले ६ विकेट गुमाउँदै नेपाललाई ३११ रनको लक्ष्य दिएको हो।

यएईका लागि सर्वाधिक रन आफिस खानले बनाए। उनले नट आउट रहँदा ४१ बलमा कीर्तिमानी १०० रन पूरा गरेका थिए। उनले ४२ बलमा १०१ रन बनाए।

यस्तै, युएईका लागि भ्रितया अरविन्दले ९४ रन बनाउँदा कप्तान मुहम्मद वसिमले ६३ रन बनाए।

नेपालका लागि दिपेन्द्र सिंह एरीले दुई विकेट लिँदा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell