PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कीर्तिपुरमा क्रिकेट क्रेज : स्टेडियम भरिएपछि रुख चढेर खेल हेर्दै दर्शक, सडकको दायाँबायाँ पार्किङ

कीर्तिपुरमा क्रिकेट क्रेज : स्टेडियम भरिएपछि रुख चढेर खेल हेर्दै दर्शक, सडकको दायाँबायाँ पार्किङ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं :  क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो।

अहिले नेपाली क्रिकेटर लक्ष्य भेटाउन क्रिजमा छन्। आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ। आजको खेल जितेको खण्डमा नेपाली टोली लिग २ को शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुग्नेछ। त्यसैले पनि कीर्तिपुरस्थित टियु मैदानमा आज क्रिकेट समर्थकको भिड छ।

आजको खेलको टिकट सोल्ड आउट भएको छ। मानिसहरु स्टेडियम बाहिरबाटै पनि खेल हेरिरहेका छन्।

दर्शकको अत्याधिक भिडका कारण त्रिवि गेटबाट मैदान जान सवारीसाधनलाई रोक लगाइएको छ। सवारी पनि दक्षिणकाली जाने बाटोमा पार्क गर्ने व्यवस्था गरिएको छ। सडकको दायाँ बायाँ मोटरसाइकल र स्कुटर पार्किङ गरिएको छ।

यस्तो छ अंक तालिकामा नेपालको स्थान

लिग २ को अंकतालिकामा ३५ खेलबाट ३८ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ। नेपाल भन्दा अघि चौथो स्थानमा रहेको नामिबियाले ३९ अंक जोडेको छ।

लिग २ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने हुँदा च्याम्पियन स्टकल्याण्ड र दोस्रो स्थानमा ओमनले स्थान पक्का गर्दै विश्वकप छनोटमा खेल्ने पक्का गरिसकेका छन्। तेस्रो स्थानका लागि दाबेदारी नेपाल र नामिबियाको छ।

आजको खेल यूएईले जिते नामिबिया विश्वकप छनोटमा जानेछ भने नेपालले जिते नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्नेछ। नेपालले आजको खेलमा पराजय ब्यहोरेको खण्डमा विश्वकप छनोट खेल्न प्लेअफको घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell