PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने, संसद सचिवालयमा पुग्यो पत्र



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने, संसद सचिवालयमा पुग्यो पत्र

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि संसद् सचिवालयमा प्रधानमन्त्रीको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

'पत्र प्राप्त भएको छ। अब महासचिवले यसमा आवश्यक प्रक्रिया अघि बढाउनुहुन्छ,' उनले भने।

भोलि उपराष्ट्रपतिको निर्वाचन तोकिएको छ। विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने प्रचण्डको तयारी छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक रुपमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell