PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

कीर्तिपुरमा नेपालको कमाल : युएईलाई पराजित गर्दै विश्वकप छनोटमा पुग्यो



पहिलोपोस्ट

कीर्तिपुरमा नेपालको कमाल : युएईलाई पराजित गर्दै विश्वकप छनोटमा पुग्यो

काठमाडौं : नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ। आज युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो।

डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो। युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन्।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा अम्पायरले खेल रोकेर डिएलएसको आधारमा नेपाललाई विजेता घोषणा गरेका थिए। डिएलएसका आधारमा नेपाल ९ रनले विजयी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell