PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जितपछि कीर्तिपुरमा गुञ्जियो 'थ्याङ्क यु टिम नेपाल!'

जितपछि कीर्तिपुरमा गुञ्जियो 'थ्याङ्क यु टिम नेपाल!'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ। आज युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल जिम्वावेमा हुने विश्वकप छनोटमा पुगेको हो।

डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो। युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन्।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाउँदा अम्पायरले खेल रोकेर डिएलएसको आधारमा नेपाललाई विजेता घोषणा गरेका थिए। डिएलएसका आधारमा नेपाल ९ रनले विजयी भएको हो।

नेपाली टोली जितेपछि स्टेडियममा रहेका दर्शकहरुले नाराबाजी गर्दै खेलाडीहरुलाई बधाई दिएका थिए। खेलाडीहरुले पनि उपस्थित दर्शकलाई धन्यवाद व्यक्त गरेका थिए।

जित पछि दर्शकहरु सामु खेलाडी पुग्दा उनीहरुले 'नेपाल नेपाल' भन्दै खेलाडीलाई बधाई दिएका थिए। उनीहरुले 'थ्याङ्क यु टिम नेपाल' भन्दै शुभकामना आदान प्रदान गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell