PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

शेख र झालाई जनही २-२ लाख दिने मुख्यमन्त्री यादवको घोषणा



पहिलोपोस्ट

शेख र झालाई जनही २-२ लाख दिने मुख्यमन्त्री यादवको घोषणा

वीरगंजः विश्वकप लिग २ एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले बिहीबार युएईमाथि जित हात पारेको छ। लिगको अन्तिम खेलमा युएईलाई ९ रनले पराजित गर्दै नेपालले जिम्बाब्बेमा हुने ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो।

विजेता टोलीमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्दै अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा मुख्यमन्त्री सरोजकुमार यादवले गरेका छन्। जितमा बधाई दिँदै यादवले सो घोषणा गरेको उनका प्रेस सल्लाहकार सीताराम अग्रहरिले बताए।

यादवले बिहीबार उत्कृष्ट प्रदर्शन गरेका गुलसन झा र आरिफ शेखलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन्।

बिहीबारको खेलमा शेखले ५२ र झाले नटआउट ५० रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell