PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

आजको मौसम : बिहानैदेखि वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : बिहानैदेखि वर्षाको सम्भावना

काठमाडौं : शुक्रवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेकव दैनिक मौसम बुलेटिनमा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको र कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको उल्लेख छ।

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा जनाइएको छ। पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।

यस्तै, आज राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell