PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

पोखरामा नगरबसको ठक्करबाट एक युवतीको मृत्यु



रासस

पोखरामा नगरबसको ठक्करबाट एक युवतीको मृत्यु

पोखरा : पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।

पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले कार्कीले चलाइरहेको ग ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell