PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौंको कालोपुलमा भेटियो नक्कली नोट, दुई जना समातिए



पहिलोपोस्ट

काठमाडौंको कालोपुलमा भेटियो नक्कली नोट, दुई जना समातिए
फाइल फोटो

काठमाडौं : काठमाडौंको कालोपुलमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन्।

काठमाडौं कालोपुल क्षेत्रमा व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साइजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell