PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

अन्तरार्ष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डको बैंककमा, कार्ययोजना ल्याउने तयारी



पहिलोपोस्ट

अन्तरार्ष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डको बैंककमा, कार्ययोजना ल्याउने तयारी

काठमाडौं : अन्तरार्ष्ट्रिय तामाङ परिषद्(आइटिसी)को पाँचौ सम्मेलन थाइल्यान्डको बैंककमा हुने भएको छ। सम्मेलन जेठ २१ र २२ गते हुने गरी मिति तय भएको परिषद्का महासचिव मोहन गोले तामाङले बताए।

फागुन २४ गते परिषद्का अध्यक्ष केएम तितुङको अध्यक्षतामा झापाको काकडभिट्टमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको महासचिव तामाङले जानकारी दिए। यसअघि परिषद्को सम्मेलन भारतको मिरिकमा भएको थियो। मिरिक सम्मेलनले भारतलाई अध्यक्षता दिएको थियो भने नेपाल तामाङ घेदुङका अध्यक्षलाई महासचिवको जिम्मेवारी प्रदान गरिएको थियो।

सम्मेलन किन थाइल्यान्डमा?

आइटिसी विश्वका विभिन्न देशका तामाङ राष्ट्रिय संस्थाहरुको अन्तरार्राष्ट्रिय समिति हो। अहिले आइटिसीमा स्थायी सदस्य संस्था, राष्ट्रिय सदस्य संस्था र सम्बन्ध सदस्य संस्था गरी ३१ देशका संस्था सम्बद्ध रहेको आइसिटीले जनायो। यसअघि भारत र नेपालमा मात्र सम्मेलन आयोजना हुनेगरेकोमा यसपटक तेस्रो देश रोजिएको आइसिटीका वरिष्ठ उपाध्यक्ष टासी लामाले बताए। 'हामीले नेपाल र भारतमा यसअघिका सम्मेलनहरु गर्दै आएका हौं,' वरिष्ठ उपाध्यक्ष लामाले भने, 'तेस्रो देश खोज्दा अहिले थाइल्यान्ड पायक परेकोले त्यहाँ आयोजना गर्ने तय भए हो।'

तामाङ बहुल्यता भएको देशहरु म्यान्मर र भुटानलगायतमा त्यहाँको शासन व्यवस्थाका कारण कार्यक्रम आयोजना गर्न नमिलेको बताइएको छ।

के हुन्छ सम्मेलनमा?

झन्डै ५०० जना प्रतिनिधि सहभागी हुने सम्मेलनमा विश्वभर रहेका तामाङ जातिको सांस्कृतिक, सामाजिक, राजनीतिक विषयमा छलफल हुने छ। सम्मेलनले कार्ययोजना बनाउने र बैंकक घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ। यसैगरी सम्मेलनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ।

सम्मेलन व्यवस्थापनको जिम्मा तामाङ समाज थाइल्यान्ड र तामाङ समाज म्यान्मारले लिएको छ। सम्मेलनमा सहभागी हुन चाहने सबै सदस्य संस्थाको नवीकरण र नयाँ दर्ताका लागि अप्रिल ३० सम्मको समय तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell