PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही एक लाख दिने वाग्मती प्रदेश सरकारको घोषणा



पहिलोपोस्ट

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही एक लाख दिने वाग्मती प्रदेश सरकारको घोषणा

हेटौंडा : विश्वकप छनोटमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रवार उक्त घोषणा गरेका हुन्।

‘खेलाडीको सम्मान र हौसालाको लागि वाग्मती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने।

वाग्मती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन्। नेपालले बिहीवार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा स्थान बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell