PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

उपराष्ट्रपतिमा निर्वाचित हुने यादवको दाबी, ‘राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु’



पहिलोपोस्ट

उपराष्ट्रपतिमा निर्वाचित हुने यादवको दाबी, ‘राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु’

काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताएका छन्।

आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ। नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न भूमिका निर्वाह गर्न मेरो जोड हुनेछ।’

यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित भए राष्ट्रपतिको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पारे। उनले संविधानमा भएको व्यवस्थाअनुसार इमान्दारिताका साथ जनताको हितमा काम गर्ने भनाइ व्यक्त गरे।

उपराष्ट्रपति निर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ। उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका उम्मेदवार यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालगायतले समर्थन गरेका छन् भने जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell