PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गगनमाथि ओलीको कटाक्ष : सत्ता गठबन्धनभित्र निकै ठुलो गडबडी देखिन्छ



प्रकाश भण्डारी

गगनमाथि ओलीको कटाक्ष : सत्ता गठबन्धनभित्र निकै ठुलो गडबडी देखिन्छ

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यबारे अहिले नै भन्ने बेला नभएको बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

यसबारे आफूले भनेपछिमात्र थाह हुनेसमेत ‌ओलीको भनाई थियो। 'अहिले नै यसबारे केही नभनौं। भन्ने बेला भएको छैन,' ओलीले भने। कहिले हुन्छ त बेला? प्रश्नको जवाफमा उनले भने, 'मैले भनेपछि थाह हुन्छ।'

कांग्रेससँग एमालेले २०८४ सम्म सहकार्य हुन्न भनी कांग्रेस महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिमाथिसमेत ओलीले कटाक्ष गरे। 'सहकार्य नै हुँदैन भनेर मैले कसम खाएको छैन। एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भन्नुभएको छ। उहाँहरुको यो कुराले उहाँहरुभित्र निकै ठुलो गडबडी होला। त्यही भएर भन्नुभएको हो कि।'

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको ओलीको आरोप रह्यो। सत्ता गुमेको प्रश्नमा ओलीको जवाफ थियो, 'के दुनियाँमा अरु पार्टी प्रतिपक्षमा बस्दैन? अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा बस्दैन?'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell