PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सत्तामा जानेबारे गगन थापा : मैले सरकार लिड गर्न चाहेकै हो नि



प्रकाश भण्डारी

सत्तामा जानेबारे गगन थापा : मैले सरकार लिड गर्न चाहेकै हो नि

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन्। '६ गते विश्वासको मत नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्रीलाई दिन्छ। राष्ट्रपतिको उम्मेदवारीमा जुन खालको समझदारी भयो,' उपराष्ट्रपतिको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग थापाले भने, 'उपराष्ट्रपति एउटा बन्न नसक्दा पनि सरकारको निरन्तरतामा एक ठाउँमा रहन्छौ।'

सरकार गठनसँग नागरिकका आक्रोश साम्मे पार्न मन्त्रीहरुले काम गर्नुपर्ने उनको भनाई थियो। 'सरकार गठनसँगै सरकारले के गर्ने भन्ने बारेमा छलफल हुनुपर्छ,' महामन्त्री थापाले भने, 'हामीसँग केही महिनामात्रै छ। हामीले काम गर्न सकेनौ भने सुविधाजनक बहुमत रहे पनि नागरिकको आक्रोशलाई हामीले सम्हाल्न नसक्ने हुन्छ। मैले तर्साउन खोजेको हैन। सचेत बनाएको हो।'

सरकारमा सहभागी हुनेबारे सोधिएको प्रश्नमा गगनको जवाफ थियो, 'मैले सरकार लिड गर्न चाहेकै हो नि। मलाई कांग्रेसको संसदीय दलको नेताहरुले पत्याउनुभएको भए त म त अहिले कांग्रेसको संसदीय दलको नेता भएर प्रधानमन्त्री भएर लिडै गर्थे नि। मसँग आत्मविश्वास नभएको हैन नि। राम्रो प्रधानमन्त्री चलाउन सक्छु भन्नु शतप्रतिशत विश्वासमा छु।'

उनले सरकार बन्नु कुनै नौलो कुरा नभएको बरु काम गर्नु नौलो विषय भएको बताए। 'सरकार बन्नु कुन नौलो कुरा भयो र। पछि हाम्रै प्रधानमन्त्री बन्नुहुन्छ। ५ वर्षको लागि हाम्रो गठबन्धनको सरकार आउँदैछ,' थापाले भने, 'मन्त्रालय लिने कुरामा रस्साकस्सी भएको झै कार्यक्रमलाई प्राथमिकता दिने विषयमा पनि रस्साकस्सी होस्।'

कांग्रेस संसदमा अहिले प्रतिपक्षीको हैसियतमा छ। अब यो के हुन्छ त? जवाफमा थापाले भने, '६ गते विश्वासको मत लिनेभन्दा पहिले नै सरकारमा जाने नजानेबारे निर्णय गर्नुपर्छ। ५ गतेको संसदको बैठकमा हामी विश्वासको मत पनि दिन्छौं, सरकारमा सहभागी हुन्छौ भनेर निर्णय गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell