PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

उपराष्ट्रपतिको निर्वाचन राप्रपा र नेमकिपाको बहिस्कार, खस्यो ८२९ मत : साढे ३ बजेबाट गणना



पहिलोपोस्ट

उपराष्ट्रपतिको निर्वाचन राप्रपा र नेमकिपाको बहिस्कार, खस्यो ८२९ मत : साढे ३ बजेबाट गणना

काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनमा संघका ३११ र प्रदेशका ५१८ जनाले मतदान गरेका छन्। संघमा कुल मतदाता ३३२ र प्रदेशमा ५५० रहेकोमा तोकिएको समयमा जम्म ८२९ जनालेमात्र मतदान गरेका हुन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएकोमा ३ बजे मतदान सम्पन्न भएको हो। मतगणना साढे तीनबाट शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छिन्। यद्यपि, मनोनयन फिर्ता लिने समय भन्दा पछि उनको घोषणा आएकोले मतपत्रमा उनको पनि नाम रहेको छ।

मतदानमा को को भएनन् सहभागी?

राष्ट्रपतिको निर्वाचनमा भाग नलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी – राप्रपा र नेपाल मजदुर किसान पार्टी – नेमकिपाले उपराष्ट्रपति निर्वाचनमा पनि भाग लिएन। संघमा राप्रपाका १४ सांसद थिए भने नेमकिपाका एक।

त्यसैगरी विभिन्न तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। यसैगरी कांग्रेस सांसद चन्द्र भण्डारी नयाँ दिल्लीमा उपचाररत छन्। एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन्। माओवादीका सांसद वर्षमान पुन पनि मतदानमा सहभागी भएनन्। जसपाको एक सांसद सहनाज रहमानको मृत्यु भएकोले उनको स्थानमा अर्को सांसद नियुक्त भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell