PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित



प्रकाश भण्डारी

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं : उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव तेस्रो उपराष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्।

कसलाई कति मत?

राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेद्वारलाई समर्थन गरेको जनमत पार्टीले उपराष्ट्रपतिमा भने आफ्नै उम्मेदवार उठायो। उपराष्ट्रपतिमा जनमतकी ममता झाले प्रदेशबाट १५ मत पाइन् भने संघीय सांसदबाट २३ मत पाइन्।

यता एमालेकी अष्टलक्ष्मी शाक्यले १६९ प्रदेश सांसदको मत पाउँदा १०४ संघीय सांसदको मत पाइन्। जसपाबाटै उम्मेदवार रहेकी प्रमिला यादवले भने प्रदेश सांसदको एक मत पाइन्। उनले मतदानअघि नै रामसहायलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएकी थिइन्।

रामसहायले भने ३२९ प्रदेश सांसद र १८४ संघीय सांसदको मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell