PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

राष्ट्रपति पौडेलले डाके संघीय सांसद र प्रदेश सांसदलाई शितल निवास



पहिलोपोस्ट

राष्ट्रपति पौडेलले डाके संघीय सांसद र प्रदेश सांसदलाई शितल निवास

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसद र प्रदेश सांसदलाई शितल निवास डाकेका छन्। भोलि शनिवार ९ बजेका लागि राष्ट्रपति पौडेलले सांसदहरुलाई शितल निवास डाकेका हुन्।

आफू राष्ट्रपतिमा निर्वाचित भएपछि धन्यवाद दिन सांसदहरुलाई राष्ट्रपति निवासमा डाकेको बताइएको छ। उपराष्ट्रपति निर्वाचनमा भाग लिन अहिले प्रदेशका सांसदहरु पनि राजधानीमा छन्।

भोलि बिहानको लागि राष्ट्रपति कार्यालयबाट चियापानको निम्तो आएको कोसी प्रदेशका कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell