PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने



पहिलोपोस्ट

कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने
फोटो : क्यान

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मान स्वरुप ५० हजार नगद दिने भएको छ। 
शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो।

नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका-९ का खेलाडी भुर्तेलले सानो उमेरमै क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान भुर्तेलले बिहीवार भएको आइसीसी विश्वकप लिग२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले खेलमा ३५ बलमा ३ चौका र चार छक्का प्रहार गर्दै ५० रन जोडेर नेपाललाई जिताउन महत्वपूर्ण योगफल तयार पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell