PahiloPost

Mar 20, 2023 | ६ चैत्र २०७९

राष्ट्रिय एकतालाई मजबुद पार्न मेरो इमानदारीपूर्ण भूमिका हुनेछ : उपराष्ट्रपति यादव



पहिलोपोस्ट

राष्ट्रिय एकतालाई मजबुद पार्न मेरो इमानदारीपूर्ण भूमिका हुनेछ : उपराष्ट्रपति यादव

काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले आफूलाई निर्वाचित गराउने सम्पूर्ण सांसदहरुलाई धन्यवाद दिएका छन्। यादवले निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रिय एकतालाई मजबुद पार्न आफूले इमानदारीपूर्ण भूमिका खेल्नेसमेत बताए।

'राष्ट्रिय एकतालाई मजबुद पार्न र प्रवर्द्धन गर्न मेरो इमानदारीपूर्वक मेरो भूमिका रहनेछ,' नवनिर्वाचित उपराष्ट्रपति यादवले भने, 'यो मुलुक समृद्ध रुपमा अघि बढोस्।'

यसैगरी यादवले शान्ति प्रक्रियालाई पूर्णता दिन आफूले प्रयास गर्नेसमेत प्रतिवद्धता जनाए। 'शान्ति प्रक्रियालाई पूर्णता दिन मेरो तर्फबाट हुने प्रयास इमान्दारीपूर्वक प्रयास गर्नेछु,' यादवले भने। यादव शुक्रवार उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell