PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

युद्ध अपराधको अभियोगमा रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पूर्जी



पहिलोपोस्ट

युद्ध अपराधको अभियोगमा रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पूर्जी
photo: reuters.com

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध वारेन्ट जारी गरेको छ। युक्रेनविरुद्ध युद्ध अपराध गरेको आरोपमा उक्त वारेन्ट जारी भएको हो।

पुटिनसँगै बाल अधिकारसम्बन्धी एक आयुक्त मारिया अलेक्सेइभनाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बालबालिकालाई गैरकानुनी रुपमा देश निकाला गरेको आरोपमा वारेन्ट जारी भएको हो। गैरकानुनी रुपमा मानिसहरुको स्थानान्तरणको आरोप पनि पुटिनमाथि लगाइएको छ।

युक्रेनमा भएको युद्ध अपराधमा उनी जिम्मेवार रहेको आरोप लगाइँदै आइएको छ। तर रुसले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

रसियाले युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि दुई देशबुच युद्ध सुरु भएको थियो। युद्ध भएको  ३८७ बितिसक्दा पनि शान्ति वार्ता हुन सकेको छैन। अमेरिकी र युरोपेली राष्ट्रहरूको समर्थनमा युक्रेन युद्धमै छ। यता रसिया भने युक्रेनमा आफ्नो पकड कायम राख्न लागि रहेको छ। रसियाले युक्रेनको केही स्थानमा आक्रमणलाई तीव्रता दिइरहेको बेला  वारेन्ट जारी भएको हो। 

रुसले भने आदेशलाई अर्थहीन भएको टिप्पणी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell