PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई ज्ञापन



पहिलोपोस्ट

कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई ज्ञापन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको छ। सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ। 

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष उक्त पूजाको प्रसाद पुर्‍याउने परम्परा छ। सोही परम्पराअनुसार शनिवार राष्ट्रपति निवास शितल निवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेल समक्ष पहिलो पल्ट कुमारी घरको प्रसाद पुर्‍याइएको हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell