PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बराबरीपछि 'स्वार्थी' भन्दै व्यवस्थापन र खेलाडीको आलोचनामा उत्रिए प्रशिक्षक कोन्टे: टोटेनहमले किन ट्रफी जित्न सकेन?



पहिलोपोस्ट

बराबरीपछि 'स्वार्थी' भन्दै व्यवस्थापन र खेलाडीको आलोचनामा उत्रिए प्रशिक्षक कोन्टे: टोटेनहमले किन ट्रफी जित्न सकेन?
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपर र साउथह्याम्टन बराबरीमा रोकिए। सेन्ट म्यारी स्टेडियममा अग्रता जोगाउन नसक्दा टोटेनहम घरेलु टोलीसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनको पासमा पेड्रो पोर्रोले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर, दोस्रो हाफको पहिलो मिनेटमै साउथह्याम्टनमा चे आडम्सले थेओ वालकोटको पासमा गोल गर्दै खेल बराबरीमा फर्काए। त्यस्तै ६५ औँ मिनेटमा ह्यारी केनले डेजन कुलुभेभ्स्कीको पासमा हेडरमार्फत गोल गर्दै फेरि टोटेनहमलाई अग्रता दिलाए। ७४ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दा टोटेनहमले ३-१ गोलको अग्रता बनाउन सफल भयो। यसको बावजुत घरेलु टोली खेलमा पुनरागमन गर्न सफल भयो। ७७ औँ मिनेटमा थेओ वाल्कटले गोल गर्दा इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरमा जेम्स वार्ड प्रोव्सीले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए।

खेलपछि टोटेनहमका म्यानेजर एन्टोनियो केन्टेले खेलाडी र ब्यवस्थापनको आलोचना गरेका छन्।

'टोटेनहमको कथा उही छ। २० वर्षदेखि एउटै टिम मालिक छन् तर अहिलेसम्म केही जित्न सकेको छैन, किन?' उनले प्रश्न गरेका छन्।

उनले टोटेनहमको म्यानेजरको जिम्मेवारीमा बस्नु कठिन हुने भन्दै 'टोटेनहमले प्रशिक्षक परिवर्तन गर्न सक्ने तर, त्यसले अवस्था परिवर्तन नहुने' स्पस्ट पारेका छन्।

'अहिलेसम्म म चुप लागेर बसेँ, तर अब बस्दिन। मैले आजको खेलमा जे देखेँ त्यो फेरि देख्न चाहन्न। यो समर्थकका लागि पनि अस्वीकार्य छ।' उनले भने।

उनले खेलाडीलाई 'स्वार्थी' बनेको भन्दै एकअर्कालाई सहयोग गर्न नचाहेको आरोप लगाएका छन्।

ड्यानियल लेभिको अध्यक्षतामा टोटेनहमको स्वामित्वलिएको समूह आएयता टोटेनहमले जितेको भनेको २००८ को लिग कप हो। त्यसबीचमा ११ जना म्यानेजरले टोटेनहमको टोलीलाई हेरिसकेका छन्। यसबीचको सबैभन्दा ठूलो उपलब्धि २०१९ को च्याम्पियन्स लिगको फाइनलमा पुग्नु नै हो।

'यदि उनीहरु यसरी नै चलाउन चाहन्छन् भने उनीहरु म्यानेजर परिवर्तन गर्न सक्छन्। धेरै जना परिवर्तन गर्न सक्छन्। तर, विश्वकप गर्नुस् अवस्था भने परिवर्तन हुनेछैन।' उनले भने।

टोटेनहम हाल २८ खेलबाट ४९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ। तेस्रो स्थानमा ५० अंक जोडेको म्यानचेस्टर युनाइटेड छ। पाँचौँ स्थानमा ४७ अंक जोडेको न्युक्यासल छ।

'हाम्रो ११ जना खेलाडी मैदानमा जान्छन्। म स्वार्थी खेलाडीहरु त्यहाँ देख्छु। म ती खेलाडीलाई देख्छू जो एकअर्कालाई सहयोग नै गर्न चाहँदैनन्।' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell