PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

बराबरीमा रोकिए चेल्सी र एभर्टन



पहिलोपोस्ट

बराबरीमा रोकिए चेल्सी र एभर्टन
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र एभर्टन बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

पहिलो गोहरहित बराबरीमा रोकिएको खेलको ५२ औँ मिनेटमा जोआओ फिलिक्सले चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ६९ औँ मिनेटमा एभर्टनका अबडउलाए डोउकौरेले जेम्स टार्कोउभ्सकीको पासमा हेडर मार्फतगोल गर्दै खेल बराबरीमा ल्याए। ७६ औँ मिनेटमा चेल्सीका काइ हार्भटेजले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। यसपटक एभर्टनका एल्लिस रेको सिम्सले गोल फर्काउँदै खेल २-२ को बराबरीमा रोक्न सफल भए।

बराबरीसँगै चेल्सी अंकतालिकाको १० औँ स्थानमा ३८ अंक जोडेर कायम छ। २६ अंक जोडेको एभर्टन भने तालिकाको १५ औँ स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा एस्टोन भिल्लाले बर्नेमाउथमाथि ३-० र लिड्सले वुल्भ्समाथि ४-२ गोलको जित निकाल्दा साउथह्याम्टन र टोटेनहम ३-३ र ब्रेन्टफोर्ड र लेस्टर १-१ गोलको बराबरीमा रोकिएश्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell