PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

आजको मौसम : पहाड र तराईमा वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : पहाड र तराईमा वर्षाको सम्भावना

काठमाडौं : आइतबार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार आज बिहान वाग्मती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।

यस्तै, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत जानकारी दिएको छ। दिउँसो देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज राती  पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell