PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

इक्वेडरमा भूकम्प : १२ जनाको मृत्यु



पहिलोपोस्ट

इक्वेडरमा भूकम्प : १२ जनाको मृत्यु
Photo : Reuters

इक्वेडरमा भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ। इक्वेडरको पूर्वी क्षेत्रमा रहेको बलाओलाई केन्द्रविन्दु बनाएर गएको ६.७ म्याग्नेच्युडको भूकम्पले धेरै घरमा क्षति पुगेको छ।

हालसम्म सार्वजनिक जानकारी अनुसार इल एरो प्रान्तमा ११ जना र अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ। भत्किएका घरहरुमा धेरै संख्यामा मानिस फसेको बताइएको छ।

इक्वेडरका राष्ट्रपति गुललेमो लस्सोले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरुलाई धैर्य राख्न आग्रह गरेका छन्। उनले राहत र उद्धारको कार्यमा प्रभावकारी काम गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

भूकम्पका कारण गएको पहिरोका कारण सडकमार्गहरु बन्द भएका छन्। पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell