PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्ववियू निर्वाचनको रौनक, काठमाडौं उपत्यकाका क्याम्पसमा यस्तो देखियो माहोल

स्ववियू निर्वाचनको रौनक, काठमाडौं उपत्यकाका क्याम्पसमा यस्तो देखियो माहोल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ।

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। मतदान दिउँसो ४ बजेसम्म हुनेछ।

स्ववियु निर्वाचन प्रक्रियामा सहभागी हुन आइतवार बिहानैदेखि विद्यार्थीहरु मतदान केन्द्र पुगिरहेका छन्। विद्यार्थी लामबद्ध भएर मतदानमा सहभागी भएका छन्।

उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान जारी छ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell