PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

१४ वर्षअघि नेविसंघले जितेको ल क्याम्पस बाहिर नारा : दलित र मधेसी कहाँ छ, अनेरास्ववियुमा!



समर्थ रञ्जित

१४ वर्षअघि नेविसंघले जितेको ल क्याम्पस बाहिर नारा : दलित र मधेसी कहाँ छ, अनेरास्ववियुमा!

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ।

प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस र शंकरदेव क्याम्पसमा पनि आज बिहानैदेखि स्ववियु निर्वाचनको चहलपहल छ। बिहान ८ बजेदेखि मतदान सुरु हुँदा विद्यार्थीहरु मत हाल्न लाइनमा बसिरहेका छन्।  क्याम्पस परिसर बाहिर उम्मेदवार र उनका समर्थकहरु मत माग्न व्यस्त छन्।

नेपाल ल क्याम्पस बाहिर भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का विद्यार्थी उम्मेदवार र तिनका समर्थकहरु विभिन्न 'प्लेकार्ड' लिएर उभिएका छन्।

'दलित कहाँ छ? अनेरास्वियुमा छ', 'मधेसी कहाँ छ? अनेरास्वियुमा छ ' लगायतका नारा लेखिएको 'प्लेकार्ड' लेखेर विद्यार्थीहरु मतदाता समक्ष पुगिरहेका छन्। नेपाल ल क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भइरहेको हो।

यसअघिको स्ववियु निर्वाचनमा नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु अध्यक्षमा रञ्जिता कार्की विजयी भएकी थिइन्। यसपटक ठूला राजनीतिक दलका भातृ संगठनसँगै स्वतन्त्र उम्मेदवारले पनि ल क्याम्पसामा प्रतिस्पर्धा गरिरहेका छन्।

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा एक साथ मतदान भइरहेको हो। मतदान दिउँसो ४ बजेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell