PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवारको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले सोमवार विश्वासको मत लिँदैछन्। प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा सहभागी हुने निर्णय भएको र विश्वासको मत लिनसाथ कांग्रेसले सरकारमा सहभागी हुने प्रक्रिया थाल्ने महतले बताए। 'भोलि विश्वासको मत लिएपछि सरकारमा सहभागी हुने प्रक्रिय अघि बढ्छ,' प्रवक्ता महतले भने।

राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादीले समर्थन गरेसँगै एमालेले सरकार छाडेको थियो। यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। विश्वासको मत दिएको दलले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले पुन विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। यही अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले सरकार विस्तार गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell