PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम बने उपाध्यक्ष



पहिलोपोस्ट

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम बने उपाध्यक्ष

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई पार्टीको महासचिव बनाएको छ।

आइतवार बसेको पार्टी सचिवालयको ५३ औं बैठकले भुसाललाई महासचिव बनाएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। यसअघि महासचिव रहेको डा. बेदुराम भुसाललाई उपाध्यक्ष चयन गरिएको तुलाधरले बताए। 

गत फागुन २९ गते घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गरेका हुन्। प्रतिनिधि सभामा एमालेले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गरेका भुसाल स्वतन्त्र उम्मेदवारका रुपमा रुपन्देही १ बाट चुनावमा होमिएका थिए। गठबन्धनको साथ भुसाललाई भए पनि उक्त क्षेत्रमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित भएका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटू आलोचकका रुपमा स्थापित भएका भुसाल एकीकृत समाजवादी प्रवेश गरेको अढाइ महिनामै उनी महासचिव भएका हुन्। वाम राजनीतिक वृत्तमा भुसाल अध्ययनशील नेताका रुपमा स्थापित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell