PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सभामुखकी छोरीको फोन ह्याक गरेर अमेरिकामा बसेकाको पैसा ठगिएको रहेछ : प्रेम सुवाल



पहिलोपोस्ट

सभामुखकी छोरीको फोन ह्याक गरेर अमेरिकामा बसेकाको पैसा ठगिएको रहेछ : प्रेम सुवाल

काठमाडौं : सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेले दिएको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा सुवालले सभामुखले पत्रकार बिक्रीमा छन् भनेकोमा आपत्ति जनाएका हुन्।

'पत्रकारहरुबारे यहाँले अनुसन्धन गरेर बोलेको भए छानबिन समिति नै बनाउनु पर्‍यो। सबै पत्रकार त्यस्तो नहोला। कुन कुन हो त्यस्तो पित पत्रकारिता चलाउने?,' सुवालको प्रश्न थियो। सुवालले घिमिरेको छोरीको फोन ह्याक गरेर अमेरिकामा बस्नेको पैसा ठगिएको भन्दै छानबिन गर्न माग गरे।

'सभामुख मोहदयको छोरीको फोन ह्याक गरेर अमेरिकामा बसेकाको पैसा ठगेको रहेछ। प्रधानमन्त्रीले तत्काल छानबिन गरेर कारवाही गर्नुपर्छ नभए संसदले छानबिन समिति बनाउन पर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell