PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

सञ्चारमन्त्री रोस्टममा उक्लिनासाथ एमाले सांसद योगेश र रघुजीले किन जनाए आपत्ति?



पहिलोपोस्ट

सञ्चारमन्त्री रोस्टममा उक्लिनासाथ एमाले सांसद योगेश र रघुजीले किन जनाए आपत्ति?

काठमाडौं : प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा नेकपा एमालेका सांसदले आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदाहुँदै सञ्चारमन्त्री रेखा शर्मालाई उक्त विधेयक प्रस्तुत गर्न दिइएको भन्दै एमाले सांसदहरुले आपत्ति जनाएका हुन्। 

संवैधानिक परिषद् सम्बन्धि विधेयक सञ्चार मन्त्रीले प्रस्तुत गर्न लागेकोमा एमालेका योगेश भट्टराईले शुरुमै प्रश्न उठाए।

'प्रधानमन्त्री नै उपस्थित भएको अवस्थामा अर्का मन्त्रीले प्रस्तुत गर्दा यो सुहाउने विषय भएन। उहाँले नै प्रस्तुत गर्नुपर्‍यो,' भट्टराईले भने।

त्यसपछि, अर्का सांसद रघुजी पन्तले पनि योगेशकै शैलीमा विरोध जनाए। संसदकै अवहेलना भएको पन्तको दावी थियो। उनले त्यसमा आपत्ति समेत जनाए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने विधेयक प्रस्तुत गर्न उक्लेनन्। सभामुख घिमिरेले मन्त्री शर्मालाई नै विधेयक पेश गर्न अनुमति दिए। लगत्तै सञ्चारमन्त्री शर्माले उक्त विधेयक प्रस्तुत गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell