PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु कुनै एक पार्टीको विषय होइन : मन्त्री शर्मा



पहिलोपोस्ट

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु कुनै एक पार्टीको विषय होइन : मन्त्री शर्मा
फाइल फोटो।

काठमाडौं : सञ्चारमन्त्री रेखा शर्माले संक्रमणकालीन विषय तत्काल टुंग्याउनुपर्छ भन्ने सरकारको धारणा भएको बताएकी छिन्।

प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९' माथि उठेका प्रश्नको जवाफ दिँदै उनले युद्धले भएको परिवर्तनका कारण अहिले आफू संसदमा भएको बताइन्।

'युद्धको जगमा भएको आन्दोलनले अहिले हामी यहाँ छौं। मानव अधिकारको गम्भीर उल्लंघनको विषयमा छानविन हुनुपर्छ भन्ने विषय राजनीतिक दलमा सहमति भयो,' उनले भनिन्।

नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु नेपालको साझा विषय भएको उनको भनाइ थियो।

'शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु भनेको कुनै एक पार्टीको विषय होइन। हामी सबैको चासो र चिन्ताको विषय हो,' उनले भनिन्। 

शान्ति सम्झौता अनुसार नै विधेयक संसदमा आएको उनले बताइन्।

'विस्तृत शान्ति सम्झौतामा गरेका प्रतिवद्धतामा सामान्य छलफल गरेर विधेयक प्रस्तुत गरिएको हो,' शर्माको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell