PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टिपरको ठक्करबाट पाल्पामा एक वृद्धको मृत्यु



पहिलोपोस्ट

टिपरको ठक्करबाट पाल्पामा एक वृद्धको मृत्यु

बुटवल : पाल्पामा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। आइतवार दिउँसो रिब्दिकोट गाउँपालिका–२ मसारस्थित हार्थोक–सर्देवा कच्चि सडकमा टिपरको ठक्करबाट सोही ठाउँका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

रिब्दिकोटको सिद्धेश्वर खानीबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले सडकमा पैदल हिँडिरहेका होमबहादुरलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए। प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरी टोलीले गाडी र चालकलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell