PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

मकवानपुरमा अनेरास्ववियूले खाता खोल्यो, वंशगोपालमा दिवस सिल्वालको प्यानल नै निर्वाचित



पहिलोपोस्ट

मकवानपुरमा अनेरास्ववियूले खाता खोल्यो, वंशगोपालमा दिवस सिल्वालको प्यानल नै निर्वाचित

हेटौंडा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत जिल्लाको हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानल नै विजयी भएको छ। आइतवार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानल नै निर्वाचित भएको हो।

अनेरास्ववियू सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन्। यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रुपा राई (१७मत), सदस्यहरुमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित विजयी भएका छन्।

सिल्वालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बीच गठबन्धन थियो भने  गौतमको प्यानलमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंबीच गठबन्धन रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell