PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

बाल यौन दुर्व्यवहार आरोपमा कास्कीमा एक जना पक्राउ



पहिलोपोस्ट

बाल यौन दुर्व्यवहार आरोपमा कास्कीमा एक जना पक्राउ
प्रतीकात्मक स्केच

पोखरा : बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला प्रहरी कार्यालयले कास्कीले एक जनालाई पक्राउ गरेको छ। पीडित पक्षबाट बालयौन दुरुपयोग शीर्षकमा आइतवार जाहेरी परेपछि पीडक बालकलाई नियन्त्रणमा लिएको जिल्ला डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

प्रहरीका अनुसार बालकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन कार्य अगाडि बढाइएको छ। १४ वर्षकी नाबालिकले आफूलाई यौन दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन्। दुई दिनअघि टीकटकमा भिडियोमार्फत पोखराकी एक नाबालिकले आफूलाई मामाको छोराले यौन दुर्ववहार गरेको सार्वजनिक गरेकी हुन्।

उनले भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको न्यायको लागि आवाज उठेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell