PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता



पहिलोपोस्ट

राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता

काठमाडौं : राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदको सचिवालयमा दर्ता भएको छ। आइतवार सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम गर्न बनेको विधेयक संघीय संसदको सचिवालयमा दर्ता भएको हो।

अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू विधेयकमा समावेश छन्। विधेयक प्रस्तुतकर्ता सदस्यहरुको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेका हुन्।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी, शेखरकुमार सिंहले संयुक्त रुपमा सरकारी विधेयक दर्ताका लागि संघीय संसदको महासचिव समक्ष सूचना दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell