PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

नक्कली नेपाली नोटसहित दुई जना भारतीय पक्राउ



पहिलोपोस्ट

नक्कली नेपाली नोटसहित दुई जना भारतीय पक्राउ

बुटवल : कपिलवस्तु प्रहरीले नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही ठाउँका ४२ वर्षीय बिनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

यशोधरा गाउँपालिका ७ मर्यादपुर बजारमा चन्द्रभान गुप्ताले सञ्चालन गरेको करन वाइन सेन्टरमा सामान किन्न आएका व्यक्तिसँग नक्कली नोट रहेको भन्ने सुचना पाएपछि प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ हजार दरका १३ वटा नक्कली नोट बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell