PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघका यादव निर्वाचित



पहिलोपोस्ट

रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघका यादव निर्वाचित

बुटवलः रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अभिषेककुमार यादव निर्वाचित भएका छन्। आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघले रुपन्देहीमा पहिलो खाता खोलेको हो।

पहिलोपटक स्ववियु निर्वाचन भएको उक्त कलेजमा सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दिपेन्द्र थारु, आशीष जयसवाल र लक्ष्मी वि.क. निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रप्रसाद तिवारीले जानकारी दिए।

निर्वाचित ८ जनामध्ये विक अनेरास्ववियुकी हुन्। ७ जना समानुपातिकमध्ये ५ जना नेविसंघका र २ जना अनेरास्ववियुका रहेको निर्वाचन अधिकृत तिवारीले जानकारी दिए। २०२ जना विद्यार्थी रहेको कलेजमा १६४ जनाले मात्रै मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell