PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मेस्सी र एम्बाप्पे सम्मिलत पीएसजी पराजित



पहिलोपोस्ट

मेस्सी र एम्बाप्पे सम्मिलत पीएसजी पराजित
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। लिग वानमा घरेलु मैदानमा  सन् २०२१ को अप्रिलयता पहिलो पटक पीएसजीले पराजय ब्यहोरेको हो। विश्वकपका स्टार किलियन एम्बाप्पे तथा लियोनल मेस्सी सम्मिलित पीएसजी रेनेससँग २-० गोलअन्तरले पराजित भएको हो।

खेलको ४५ औँ मिनेटमा कार्ल टोको एकाम्बीको गोलमा रेनेसले अग्रता बनाएको थियो। पार्क डी प्रिन्सेस स्टेडियममा घरेलु टोलीले दोस्रो हाफमा फेरि अर्को गोल ब्यहोर्‍यो। यसपटक अर्नउड कालीमुएन्डोले ४८ औँ मिनेटमा गोल गरेका थिए। पीएसजीले भने गोल फर्काउन सकेन।

हारका बावजुत २८ खेलबाट ६६ अंक जोडेर पीएसजी अंकतालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मार्सेलीको ५९ अंक छ। जितसँगै रेनेस भने ५० अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell