PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

वीरगंज नर्सिङ क्याम्पसको सभापतिमा अखिलकी मनीषा चौधरी विजयी



पहिलोपोस्ट

वीरगंज नर्सिङ क्याम्पसको सभापतिमा अखिलकी मनीषा चौधरी विजयी

वीरगंज : वीरगंज नर्सिङ क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा बहुमत सदस्यसहित नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन विजयी भएको छ।

क्याम्पसमा आइतबार सम्पन्न भएको मतदानको नतिजा अनुसार एकजना सदस्य बाहेक सम्पूर्ण पदाधिकारी र सदस्यमा अनेरास्ववियू विजयी भएको हो।

सभापतिमा अनेरास्ववियूकी मनीषा चौधरी निर्वाचित भएकी छन्। ९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिइन्। चौधरीकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले भने ६३ मत मात्रै पाएको श्रेष्ठले बताइन्।

यस्तै, सचिवमा पनि अनेरास्ववियूकै सृष्टि तिमिल्सिना ८९ मत, कोषाध्यक्षमा पनि अनेरास्ववियूकै अर्चना गुप्ता ९२ मतका साथ निर्वाचित भएका छन् । सदस्यमा अनेरास्ववियूकै मुना श्रेष्ठ र विवेक रानाभाट तथा नेविसंघकी स्मृति थापा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell