PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

प्रचण्डलाई ओलीले भने : जंगबहादुर शैलीको, हामी विश्वासको मत दिन्नौं



पहिलोपोस्ट

प्रचण्डलाई ओलीले भने : जंगबहादुर शैलीको, हामी विश्वासको मत दिन्नौं

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जंगबहादुर शैलीको भएको बताएका छन्। प्रचण्ड वाम एकता नचाहने पात्र भएको र कसैले आफ्नो विरोधमा बोले त्यसको पत्तासाफमा लाग्ने ओलीले आरोप लगाए।

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि संसदीय दललाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। 'प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ उहाँबाहेक सबै दलदलमा वा दवाबमा हुनुहुन्छ प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ। विपक्षीमा बोले त्यसको पत्ता साफ हुन्छ। एकता हुन दिनुहुन्न। भए तोड्न लाग्नुहुन्छ,' ओलीले भने।

चुनावी तालमेलमा गएर आफैले जिताएको दलसँग सरकारमा जानसमेत प्रचण्डले नचाहेको ओलीको दाबी थियो। प्रचण्डलाई आफूहरुले प्रधानमन्त्री बनाएको तर भोलिपल्टैबाट बेइमानी शुरु गरेको तर्क गरे। 'चुनावी तालमेल गरेर गएपछि त्यसमा जान चाहनुभएन। वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थीहरुसँग गला जोडे। प्रधानमन्त्री भएको भोलिपल्टबाट बेइमानी शुरु भयो,' ओलीले भने।

ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत नदिनेसमेत प्रष्ट पारे। 'हामी विश्वासको मत दिँदैनौ। हामीलाई उहाँमाथि विश्वास छैन,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell