PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

यति छिट्टै विश्वासको मतका लागि फेरि अनुरोध गर्नुपर्ला भनेर सोचेकै थिइनँ : प्रचण्ड



पहिलोपोस्ट

यति छिट्टै विश्वासको मतका लागि फेरि अनुरोध गर्नुपर्ला भनेर सोचेकै थिइनँ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने कल्पना नगरेको बताएका छन्। सदनमा विश्वासको मत माग्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रक्रिया थाल्दा यस्तो अवस्था आएको बताए। 'फेरि विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउल भनेर मैले सोचेकै थिइनँ,' प्रचण्डले भने, 'नीतिगत मतभेद थिएन। क्याबिनेट बैठक सौहर्द थिए। राष्ट्रपति चयनमा मेरो प्रस्तावबाट राप्रपा र नेकपा एमाले सरकारबाट फिर्ता भयो। जसले गर्दा फेरि विश्वासको मत लिनुपर्ने अवस्था आयो।

प्रचण्डले ठुलो दल भएकोले कांग्रेसलाई राष्ट्रपति दिउँ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले प्रस्ताव गरेकोमा त्यो सहमति हुन नसकेको बताए। 'संसदको ठुलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिउँ भनेर ‌ओलीसँग प्रस्ताव राखे। तर त्यसमा सहमति हुन सकेन,' प्रचण्डले प्रश्न गरे,' के त्यो मेरो गल्ती थियो र?'

विश्वासको मत माग्दै प्रचण्डले आफ्नो कार्यकालमा गरेको रिपोर्टकार्डसमेत प्रस्तुत गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell