PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीलाई २१ महिनाअघिको घटना सम्झाउँदै देउवाले भने : प्रचण्डलाई विश्वासको मत दिन्छौं



पहिलोपोस्ट

ओलीलाई २१ महिनाअघिको घटना सम्झाउँदै देउवाले भने : प्रचण्डलाई विश्वासको मत दिन्छौं

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएका छन्। सोमवार प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत मागेपछि देउवाले उक्त भनाई राखेका हुन्।  

आफ्नो पार्टीले पुस २६ मा पनि संविधानको रक्षाको लागि विश्वासको मत दिएको उल्लेख गर्दै देउवाले यसपटक पनि विश्वासको मत दिने बताएका हुन्। 'कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुनेछ,' देउवाले भने।

सम्बोधनकै क्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २१ महिनाअघिको घटनासमेत सम्झाए। 'आज भन्दा एक्काईस महिना पहिले प्रतिनिधि सभाको असंवैधानिक, अलोकतान्त्रिक र अस्वभाविक विघटनवाट देश अस्थिरतामा जाने खतरा उत्पन्न भएको थियो। अप्रत्यासित तवरले विकसित त्यस राजनीतिक घटनाक्रमको बिचमा नेपाली काँग्रेससहित अन्य राजनीतिक दलहरुको सहयोग र सहमतिमा म प्रधानमन्त्री नियुक्त भएको थिए,' देउवाले भने, 'तत्कालिन अवस्थामा मेरो प्रधानमन्त्रीमा नियुक्ति पनि संविधानको रक्षा र स्थिरताका लागि नै थियो। संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो।'

आफूले आफ्नो कार्यकालमा ती चुनौतिहरु पुरा गरेकोसमेत देउवाको भनाई थियो। 'यस कार्यमा तमाम चुनौति र कठीनाईहरु थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो। स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भयो। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो। देशले स्थिरता र संविधान सम्मत यात्राको अनुभूति गर्‍यो,' देउवाले भने।

देउवाले आफ्नो कार्यकालयमा उल्लेखनीय कार्य भएको भनाईसमेत दोहोर्‍याए। 'तत्कालिन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थिरता र संविधानको सफल कार्यन्वयनका साथै आर्थिक क्षेत्रमा पनि उल्लेखनिय कार्य भएका थिए। मैले सरकारको नेतृत्व प्रारम्भ गर्दा विश्वव्यापी रुपले कोभिड–१९ को माहामारी चरम अवस्थामा थियो। नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य थियो,' देउवाले भने, 'त्यस पूर्व कोभिडको खोप कार्यक्रम सुस्त, अनिश्चित र विवादास्पद थियो। खोप लगायत जीवन रक्षाका औषधी र सामग्रीहरुमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक भईरहेका थिए। मैले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप कार्यक्रमलाई विषेश प्राथमिकता दिए। मेलै सरकार छोड्दा प्रायः सबै नेपालीलाई निशुल्क खोप लगाउने व्यवस्था भएको कारणले नागरिकको जीवन सुरक्षा हुनका साथै देशमा पर्यटकिय एवं आर्थिक गतिविधिहरु समयमा सुचारु हुन सकेका हुन। कोभिडमा दक्षिण एसियामानै यो रिकर्ड राम्रो थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell