PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस ठूलो पार्टी भन्दै सदनमा माओवादीको लगातार प्रतिरक्षा, एमालेलाई प्रश्न : धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट?



पहिलोपोस्ट

कांग्रेस ठूलो पार्टी भन्दै सदनमा माओवादीको लगातार प्रतिरक्षा, एमालेलाई प्रश्न : धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट?

काठमाडौं : प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो पार्टी हो। यो तथ्यले भन्छ। तर सोमवार भने नेकपा माओवादीका नेताहरु प्रतिनिधि सभामा कांग्रेस ठुलो पार्टी भन्दै प्रतिरक्षामा उभियो। त्यो पनि राष्ट्रिय सहमतिको नाममा।

विश्वासको मत माग्दै शुरुमै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिरक्षमा उभिएका थिए। प्रधानमन्त्री प्रचण्डले आफूले सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई सहमतिमै राष्ट्रपति दिउँ भन्दा एमालेले नमानेको आरोप लगाए। एमाले अध्यक्ष केपी शर्मा ओलीले यसमा कुनै सहमति नदिँदा पुन विश्वासको मत लिनुपर्ने अवस्था आएको उनको भनाई थियो।

आफूले लगभग राष्ट्रिय सहमति पाएपछि ठुलो पार्टीकोव हैसियतमा कांग्रेसलाई राष्ट्रपति दिनका लागि पहल थालेको प्रचण्डको भनाई थियो। 'संसदको सबैभन्दा ठूलो पार्टीको हैसियतले समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर नेकपा एमालेका अध्यक्षसँग अनुरोध पनि गरेँ। त्यसले राजनीतिक सन्तुलन पनि कायम हुन्छ भन्ने मेरो तर्क थियो। हो, परिणाममा त्यसो हुन सकेन,' प्रचण्डले भने, 'हामीले सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चुन्न सकेनौं। तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा कुनै खोट थिएन। म आज सम्मानित सदनलाई सोध्न चाहन्छु, मेरो त्यो चाहना कमजोरी थियो कि राष्ट्रप्रतिको जिम्मेवारीबोध?'

प्रधानमन्त्रीपछि माओवादीका अर्का नेता देवेन्द्र पौडेलले पनि कांग्रेस ठुलो भएको भन्दै प्रतिरक्षामा उभिए। रोस्टमबाट पौडेलले एमालेसँग प्रश्न गरे, 'नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ नेपाली कांग्रेस पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?'

पौडेलको प्रश्नपछि कांग्रेसका सांसदहरु भने खुसीले ताली बजाए भने कसैले टेबल बजाए। त्यसपछि पौडेलले प्रधानमन्त्री प्रचण्डको कुरामा कुनै गल्ती नभएको भन्दै बचाउसमेत गरे। 'पहिलो दललाई समेत समेटौ भन्ने प्रधानमन्त्रीको कुरा गलत थियो? इतिहासको कठघरामा उभिएर जवाफ दिन हामी तयार छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell